सूचनाको शक्ति - The Power Of Information

        

समाचार

पोखरा–नेपालगन्ज उड्दै ‘तारा एयर’

काठमाडौं । यती एयरलाइन्सअन्तर्गतको तारा एयरले पोखरा–नेपालगन्ज–पोखरा उडान सुरु गरेको छ । एयरलाइन्सले ट्वीनअटर जहाजबाट पोखरा–नेपालगन्ज उडान सुरु गरेको हो । शुक्रबारदेखि सुरु गरिएको उडानको एकजनाको एकतर्फी भाडादर सात हजारदेखि सात हजार ९२० रुपैयाँसम्म कायम गरिएको छ ।

सोमबार, बुधबार र शुक्रबार पोखराबाट बिहान ११ः३० बजे उडान गर्ने र नेपालगन्जबाट दिउँसो ३ः३० बजे पोखरा फर्कने उडान तालिका रहेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । पोखरा–जोमसोम–पोखरा उडान गरेपछि एयरलाइन्सले पोखरा–नेपालगन्ज–पोखरा उडान गर्ने यती एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार ०८:३३