सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा काेराेना सङ्क्रमण दर ४ प्रतिशतभन्दा तल झर्‍याे

काठमाण्डाै। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर चार प्रतिशतभन्दा तल झरेको छ । चार हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ७७ प्रतिशत अर्थात् एक सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका एक सय ८३ जनासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४ हजार दुई सय ८९ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार आठ सय जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ६ सय ४९ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९४ हजार चार सय ३८ पुगेको छ ।

यही अवधिमा दुई जना सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३८ पुगेको छ। अहिले नेपालमा आठ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा थप तीन हजार सात सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७४ लाख ३३ हजार दुई सय ६६ जनाले पूर्ण मात्रा र ८७ लाख ३६ हजार ७८ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार १९:३९