सूचनाको शक्ति - The Power Of Information

        

इन्स्पेक्टर पृथ्वी र रचनाले ल्याए ‘आऊ हामी सँगै बसौं’ (भिडियोसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पृथ्वी खनाल र गायिका रचना रिमालको ‘आऊ हामीसँगै बसौं’ गीत सार्वजनिक भएको छ । लोक आधुनिक विद्याको गीत यशोदा महत युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा इन्स्पेक्टर खनालको निर्देशन, पिटर गुरुङको छायांकन तथा विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको छ । उक्त गीतमा करनराज कार्कीको संगीत रहेको छ भने देवेश राईले संगीत संयोजन गरेका छन् । किशोर थापाको मिक्स/मास्टर रहेको छ भने भिडियोमा गायक गायिका कै अभिनय रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १०:४६