सूचनाको शक्ति - The Power Of Information

        

प्रभु बैंकको नाफामा गिरावट, प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा २५ दशमलव १४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा घटे पनि वितरणयोग्य नाफामा भने राम्रो सुधार भएको छ । वितरणयोग्य नाफा ७३ दशमलव ३४ प्रतिशतले बढेर असोज मसान्तसम्म ३० करोड ४४ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ दशमलव ०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २९ दशमलव ४९ प्रतिशतले घटेको छ । बैंकको कमिशन आम्दानी भने समीक्षा अवधिमा २० दशमलव २९ प्रतिशतले बढेको छ । त्यसैगरी, बैंकको निक्षेप शून्य दशमलव ३८ प्रतिशत बढेको छ भने कर्जा दुई दशमलव ४४ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ४४ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष नौ दशमलव २६ प्रतिशतले बढेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १७ दशमलव ८३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १०:५१