सूचनाको शक्ति - The Power Of Information

        

कस्तो छ आजको मौसम ?

काठमाडौं । आज सोमबार मुलुकका केही भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ०७:२७