सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम प्रदेशका सभामुखको टोली बाढीपहिरो प्रभावित क्षेत्रमा

बझाङ । सुदूरपश्चिम प्रदेश सभामुख अर्जुनबहादुर थापाले बझाङ जिल्लामा बाढीपहिरोले क्षति पुर्याएको क्षेत्रको अवलोकन गरेका छन् । असोज ३१ गतेदेखि परेको अविरल बर्षाका कारण बझाङ जिल्लाका विभिन्न ठाउँहरुमा गरेको मानविय तथा भौतिक क्षतिको शनिबार अवलोकन गरेका हुन् ।

जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्याएको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजार, कुइँयापानी लगायतका क्षेत्रमा बस्दै आएका बाढीपहिरो पीडितहरुको अवस्था बुझ्नुका साथै डुङ्गी खोलाले क्षति गरेको खेतीयोग्य जमिन, खोलाले बगाएका घर, पुल र लघु जलविद्युतको स्थलगत अवलोकन गरेका छन् ।

सभामुख थापासँग बाढीपहिरो पीडित मष्टा गाउँपालिकाका रामचन्द्र रोकाया, जयपृथ्वी नगरपालिकाका रामबहादुर ऐडीले खोलाले बगाएका घरहरुमा कतिपय घरहरु पूर्णरुपमा क्षति भएका, कतिपय घरहरु आंशिक क्षति र जोखिममा रहेकाले बस्नको लागि समस्या भएकाले बस्ति सार्नुपर्ने र पुनर्बासको ब्यवस्था गरिदिन आग्रह गरेका छन् ।

बाढीपहिरो पीडितको गुनासो सुन्दै सभामुख थापाले तत्काल गर्नुपर्ने कामहरुलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारमार्फत राहात प्याकेजका कार्यक्रमहरु अगाडी बढाउने र बाढीपहिरो पीडितहरुको लागि दिर्घकालिन योजना बनाई उठीबास भएका घरपरिवारको विकल्प खोज्नतर्फ आफु लाग्ने बताए ।

अवलोकन टोलीमा सुदुरपश्चिम प्रदेश सभामुख अर्जुनबहादुर थापा, जिल्ला समन्वय समिति प्रमुख खडक खड्का, जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्का, पत्रकार र सुरक्षाकर्मी लगायत रहेका थिए । साथै आज उक्त टोलीले बाढीपहिराले क्षति पुर्याएको खप्तडछान्ना गाउँपालिका र अवरुद्व भएको जयपृथ्वी राजमार्गको पनि अवलोकन गरेका छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १६:१४