काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशनका लागि १२ वटा समिति बनाउने निर्णय गरेको छ ।
एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराएका थिए । महाधिवेशनका लागि विभिन्न समितिका संयोजकहरू यसप्रकार छन् ।
- प्रतिनिधि व्यवस्थापन – संगठन विभाग
- जनपरिचालन – सुरेन्द्र पाण्डे
- प्रचारप्रसार – योगेश भट्टराई
- सांस्कृतिक – रघुजी पन्त/वी ज्ञवाली
- आर्थिक – विष्णु रिमाल
- स्वास्थ्य – भानुभक्त ढकाल
- मञ्च व्यवस्थापन – शेरबहादुर तामाङ
- अतिथि सत्कार – राजन भट्टराई
- आवास व्यवस्थापन – कृष्णभक्त पोखरेल
- स्वयंसेवक परिचालन – विनोद श्रेष्ठ
- यातायात व्यवस्थापन – काशीनाथ अधिकारी
- खाद्य व्यवस्थापन – कपिल पोखरेल/पार्वती रावल
।