सूचनाको शक्ति - The Power Of Information

        

एभोकाडाको फलसँगै पात पनि स्वास्थ्यका लागि लाभदायक

काठमाडौं । एभोकाडोलाई कतिपयले ‘घ्यूफल’ भनेर पनि चिन्छन् । एभोकाडो एउटा पोषिलो फल हो जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तर, यो फलको महत्वबारे कमैलाई मात्र थाहा छ । यो फलमा विभिन्न २० थरिका भिटामिन तथा खनिज पाइन्छ । जसले विभिन्न प्रकारका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पुर्‍याँउछ ।

एभोकाडो मोटोपन, मधुमेह, मुटुको रोग कम गर्नको लागि सहयोगी मानिन्छ । तैपनि, सबैलाई यो फलको स्वाद मन नपर्न सक्छ । मन नपरे पनि स्वास्थ्यप्रति सजग रहनेहरूले भने एभोकाडो खान रुचाउँछन् । एभोकाडोमा अत्याधिक मात्रामा पोटासियम पाइन्छ, जुन अरु फलफूल वा खानेकुरामा पाइँदैन ।

यसले उच्च रक्तचापलाई घटाउनुका साथै हृदयघात र मृगौलासम्बन्धी रोगबाट बचाउन सहयोग पुर्‍याँउछ । त्यस्तै एभोकाडोमा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसले वजन घटाउन र रगतमा हुने चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । मधुमेहका बिरामीलाई पनि एभोकाडो फाइदाजनक हुन्छ ।

यसको फलबाहेक पात पनि मधुमेह कम गर्न लाभदायक हुन्छ । एभोकाडोको पातले रगतमा चिनीको मात्रा कम गर्न सहयोग पु¥याउँछ । साथै फाइवरयुक्त एभोकाडोले कब्जियत हुन दिँदैन र पाचनप्रणालीलाई समेत स्वस्थ बनाउँछ । यसमा हुने एन्टी अक्सिडेन्टले आँखाको दृष्टि सुधार्न मद्दत गर्छ ।

एभोकाडो खानुका फाइदा

– मधुमेहबाट बचाउँछ ।
– आँखालाई स्वस्थ राख्छ ।
– रोग प्रतिरक्षात्मक क्षमता बढाउँछ ।
– मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
– वजन घटाउन सहयोग गर्छ ।
– उच्च रक्तचापलाई घटाउँछ ।
– हृदयघात र मृगौलासम्बन्धि रोगबाट बचाउन सहयोग पुर्‍याँउछ ।
– पाचनप्रणालीलाई स्वस्थ राख्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १४:३७