सूचनाको शक्ति - The Power Of Information

        

नारामै सीमित दुल्लु स्मार्ट सिटी

दैलेख । २८ असार २०७४ मा देशका अन्य सहरसँगै दैलेखको दुल्लु पनि स्मार्ट सिटी बनाउने निर्णयभित्र पर्यो । सरकारले बजेट सुनिश्चितता गर्दै दुल्लुसहित देशका १२ वटा स्थानलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरे पनि दुल्लुमा कार्यान्वयन हुन सकेको छैन ।

स्मार्ट सिटी शिक्षा स्वास्थ्य, विद्युत, खानेपानी, फोहोर व्यवस्थापन, यातायात सेवा, भौतिक संरचनादेखि सञ्चार र बजार अत्याधुनिकसम्म हुनुपर्छ । यो यस्तो शहर हो, जहाँ पूर्ण व्यवस्थित हुन्छ । आधुनिक शहरमा आवश्यक पर्ने सबै सेवा सुविधा स्मार्ट सिटीमा पाउँछन् ।

जुम्ला सिँजा राज्यको उहिलेको हिउँदे राजधानीसमेत मानिएको दुल्लु नगरपालिका प्राकृतिकरूपमा झट्ट हेर्दा स्मार्ट सिटीजस्तै देखिन्छ । झट्ट टाढाबाट देखेजस्तो छैन्, यसको वास्तविकता नजिकबाट फरक छ ।

दिनहुँ खानेपानीको अभाव, घण्टौं हिँडेर स्कुल पुग्नुपर्ने, फोहोर व्यवस्थापन नभएको, पर्याप्तरुपमा यातायात सेवा नभएको दुल्लुमा स्मार्ट सिटी साँच्चिकै सपनामा थियो । तर, सरकारले स्मार्ट सिटी नबनाइ नछोड्ने भनेपछि दुल्लु पनि कम्तीको थिएन ।

स्मार्ट सिटी बन्ने भएपछि दुल्लु क्षेत्रका स्थानीयहरुको खुशीको सिमानै थिएन । दुल्लु स्मार्टसिटी भएको नगरवासीको चाहना खुशी अहिले सपनाजस्तै भएको छ । समय समयमा यहाँका स्थानीय नागरिक र बाहिरबाट आउने नागरिकले विभिन्न समस्या झेलिरहेका छन् ।

स्तरीय सडक, स्वास्थ्य, विद्युत, खानेपानी, फोहोर व्यवस्थापन, यातायात सेवा, भौतिक संरचना स्थानीयहरु सडकदेखि अन्य सेवाहरुबाट टाढा छन् । नजिकै सडक छ । तर, सडकको हिलो र फोहोर पानी सवारी चलाउँदा आँगनमै पुग्छ ।

पानी भर्न घण्टौ लाइन लाग्नुपर्छ, एक स्थानीयले भने अनि यसलाई कसरी स्मार्टसिटी भन्ने ? सडकभरि खाल्डाखुल्डीले भैंसी बस्ने आहालजस्तै बनेका छन् । तर, सडक स्तरोन्तिमा नगरपालिकाले चासो दिएको छैन ।

सबैभन्दा बढी सास्ती अहिले दुल्लु बजार क्षेत्र, कीर्तिखम्ब चोकदेखि पटांगिनी दुल्लु संग्रहालय हुँदै घियातिदुस्थित मध्यपहाडी राजमार्गसम्म जोड्ने सडक अस्त व्यस्त बनेको छ । ‘यस्तो छ, जहाँ खाल्डैखाल्डोको स्मार्ट सिटीभित्र पर्ने गरेको छ,’ स्थानीय कमल भण्डारीले, ‘त्यसमा पनि पानी पर्दा हिलो र घाम लाग्दा धुलोको स्मार्ट सिटीले दुल्लुका स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।’ न्युज कारखाना

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १०:११