सूचनाको शक्ति - The Power Of Information

        

रहेनन् कन्नड अभिनेता पुनीत

काठमाडौं । कन्नड अभिनेता पुनीत राजकुमारकाे ४६ वर्षकाे उमेरमा आज शुक्रवार निधन भएकाे छ ।

हृदयाघातका कारण अभिनेता पुनीत राजकुमारकाे निधन भएकाे बेङ्गलुरु अस्पतालले बताएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छन् ।

उनकाे निधनमा कर्नाटकका मुख्यमन्त्री बसवराज बाेमईले शाेक व्यक्त गर्नुभएकाे छ । पुनीतकाे निधनमा राजनीतिज्ञ, कलाकार र क्रिकेटरहरूले पनि शाेक व्यक्त गरेका छन् ।

अभिनेता पुनीतकाे निधनपछि कर्नाटक राज्यमा सबै थिएटर बन्द गरिँदै गएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनकाे निधनपछि समर्थकहरूकाे निकै ठूलाे भिड लागेकाे र त्यसलाई नियन्त्रणमा लिन प्रहरी नै परिचालन गरिएकाे बताइएकाे छ ।

पछिल्लाे पटक पुनीत फिल्म ‘युवरत्ना’ मा देखिएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १८:४२