सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ‘माहुरी होम’ गठन

बाँके । मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्लाको समिति आज नेपालगञ्ज उप–महानगरपालिकाको प्राङ्गणमा गठन गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापा मगरको अध्यक्षतामा बैठक बसी दिनेश ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको समिति गठन गरिएको हो ।

उक्त समितिको उपाध्यक्ष पदमा लक्ष्मी सुनार, सचिव पदमा सारु हमाल, सह–सचिव पदमा शिव जायसवाल, कोषाध्यक्ष पदमा बिनयराज त्रिपाठी रहेका छन् ।

यसरीे सरला सुवेदी, असलम भाँट, मोहिनी बाल्मिकी, सुनिता पोखरेल, पुष्पा सुनार, शुक्रऋषि चौलागाई र पवन जायसवाल समितिको सदस्यमा रहेका छन् ।

मधेश मानव अधिकार गृह (माहुरी होम) को अगामी दिनमा हुन गैई रहेको केन्द्रिय अधिबेशनका लागी बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा अध्यक्ष दिनेश ठाकुर, सचिव सारु हमाल र सदस्य असलम भाँटलाई पठाउने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १८:३५