सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा १७ संक्रमित थपिँदा ३ जना कोरोनामुक्त

बाँके ।  बाँकेमा शुक्रवार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१०४ नमुना परीक्षण गर्दा १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७० नमुना परीक्षण गर्दा १४ जना, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी ल्यावमा ९ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४०५ पुगेको छ ।

यस्तै शुक्रवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १२ पुगेको छ ।

यसैगरी ७ जना सिकिस्त विरामी रहेका छन् भने ६ जना मध्यम विरामी रहेका छन् । ५ जनाको भने भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १८:२८