सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा इन्धनको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १८० र डिजेल प्रतिलिटर १५०

बझाङ । असोज ३१ गते देखी करिब एकहप्ता सम्म लगातार परेको बर्षाका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद हुदाँ बजारमा इन्धन अभाव भई मुल्य बढेको छ ।

यस अघि पेट्रोल प्रतिलिटर १५० रुपैयाँ र डिजेल १२५ मा पाइने भए पनि राजमार्ग अवरुद पछी इन्धन अभाव भएको भन्दै ब्यापारीहरुले पेट्रोल प्रतिलिटर १८० रुपैयाँ र डिजेल १५० रुपैयाँमा विक्रि गर्ने गरेका छन् ।

इन्धन अभाव देखाएर विभिन्न बाहाना बनाई बढी मुल्य लिइ खुलियामा विक्रि वितरण हुने गरेको भए पनि सरोकारवाल निकायले अनुगमन तथा नियमनमा कुनै चाँसो नदिएको यातायात ब्यवसायीहरुले आरोप लगाएका छन् ।

इन्धन ब्यवसायीहरुले भने, राजमार्ग अवरुद हुँदा बजारमा इन्धन आपुर्ती नहुँदा मुल्यमा वृर्दि गर्नु परेको बताउने गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ११:११