सूचनाको शक्ति - The Power Of Information

        

जयपृथ्वी राजमार्ग सञ्चालनका लागि बैकल्पिक सडकको खोजी सुरु

बझाङ । बेमौसमी वर्षासँगै आएको बाढीले बझाङको जयपृथ्वी राजमार्ग छेदबिच्छेद भएपछि बैकल्पिक मार्गको खोजी सुरु हुन थालेको छ ।

दुई हप्तासम्म सडक सञ्चालनमा नआएपछि पानकोट गोलाइ सुतियाँ मालुमेला झनाना सडक र भाँडेबगर मेल्लेख नौरा चैनपुर सडक सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको छ ।

केदारस्युँ –१ नारूगौडा खोलामा रहेको चट्टानमा विस्फोटन गरेर सडक सञ्चालनमा ल्याइने र यी दुई बैकल्पिक बाटो प्रयोग गर्ने प्रयास भइरहेको छ ।

छविसपाथिभेरा–१ जालेबगरमा तत्काल सम्भव नभएपछि बैकल्पिक सडकको खोजी सुरु भएको हो । छबिसपाथिभेरा गाउँपालिकाले भाँडेबाट ब्याँसी, मेल्लेक हुदै सुवेडा जोड्ने सडक मर्मत गरिसकेको गाउँपालिका अध्यक्ष अक्कल धामीले बताउनुभयो ।

अहिले जयपृथ्वी राजमार्ग बन्द हुँदा बझाङ्ग सदरमुकाम लगायत साना ठूला बजारमा तरकारी, इन्धन, खाद्यान्नको कालोबजारी हुनुका साथै चर्को मुल्य बृद्धि भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ११:०६