सूचनाको शक्ति - The Power Of Information

        

सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल

काठमाडौं । विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको छ ।

विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट १० देशको सूचीमा नेपाललाई पनि राखेको छ ।

उत्कृष्ट १० देशको सूचीमा नेपाल आठौँ स्थानमा छ । नेपालको अगाडि सातौँ स्थानमा ओमान र पछाडि नवौँ स्थानमा मलावी छ ।

घुम्नका लागि विश्वकै उत्कृष्ट देशको पहिलो नम्बरमा कुक आइल्यान्ड छ । यस्तै, दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस छ । कोरोना भाइरसको महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुँदैछ।

पर्यटन क्षेत्रमा चहलपहल सुरु भएका बेला लोन्ली प्लानेटको सूचीमा पनि नेपाल उत्कृष्ट १० भित्र परे पछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १०:२६