सूचनाको शक्ति - The Power Of Information

        

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजेदेखि बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

आजको बैठकमा बिहीबार सम्पन्न स्थायी कमिटी बैठकले गरेको निर्णयको अनुमोदन गर्ने प्रमुख अजेण्डा रहेको तामाङले जानकारी दिए ।

यसअघि बिहीबामर सम्पन्न स्थायी कमिटी बैठकले पाटर्ठीको आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको मापदण्ड तयार पारेको छ ।

साथै बैठकमा हाले सम्पन्न वडा तथा पालकिा अधिवेशनका विषयमा समेत छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ०९:३२