सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा डुंगा दुर्घटना हुँदा एकको मृत्युु, एक बेपत्ता

बैतडी । बैतडीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

जिल्लाका शिवनाथ गाउँपालिका-१ खाँडघाटस्थित महाकाली नदीमा बुधबार साँझ १० जना सवार डुंगा पल्टिएको थियो ।

मृत्यु हुने र बेपत्ता हुने एकै घरका  दिदीभाइ रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

चक्रसिंह साउँदकी अन्दाजी १३ वर्षीया छोरीको शव फेला परेको र ८ वर्षीय छोरा बेपत्ता रहेका साउँदले बताए । उनीहरूको नाम भने खुल्न सकेको छैन ।

चक्रसिंह साउँदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएको र दसैंमा पूजाआजाका लागि शिवनाथ आएको बताइएको छ ।

गाउँपालिकाले कोभिडका कारण बन्दाबन्दी गरिएको बेलादेखि घाट बन्द गरे पनि स्थानीयहरूले सजिलोका लागि डुंगा सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १०:१२