बझाङ । बझाङको सुर्मा गाउँपालिकामा असोज ३१ गते देखी परेको अविरल बर्षाले २० परिवार घरबार विहिन भएका छन् ।
५ वटा वडा रहेको सुर्मा गाउँपालिकामा सबै भन्दा क्षेती वडानम्बर ५ मा भएको छ । साता दिनदेखिको अविरल वर्षाले सुर्मा गाउँपालिकाका विभिन्न स्थानहरुमा खानेपानी, सिँचाई र सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।

बाढी पहिरोले गाउँपालिका भरी २० घरपरिवार घरबार विहिन भएका छन् । ५० घर उच्च जोखिममा रहेका छन् । १ सय ८० घरहरुमा आशिंक क्षति पुगेको छ ।
पहिरोले सुर्मा गाउँपालिकामा ३० वटा खानेपानीका पाइपलाइन बाढी पहिरोले बगाएको छ भने ३ वटा सिँचाई कूलो भत्काएको गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले बताउनुभयो । उहाँले खानेपानी अभावमा गाउँमा हाहाकार भएको बताउनुभयो ।

वडानम्बर ५ को काँडा गाउँ खोला जस्तो भयो । गाउँपालिका अध्यक्ष बोहराले भन्नुभयो, ’हिँड्ने सडक छैन, पिउने पानी छैन, खोलाका घट्ट सबै बगिसके ।’ गाउँपालिका अध्यक्ष बोहराका अनुसार काँडा गाउँका मात्र करिब ३० परिवार विस्थापित भएका छन् ।
पहिरोले सुर्मा गाउँपालिकामा खानेपानी र सिँचाईको रुपमा प्रयोग भएका गाढ, खोला र माटो फुटेर आएको बाढीले सबै संरचना क्षतिविक्षत पारेको छ ।

आफ्नो घर मात्रै नभए गाउँ पुरै खोलाको बगरमा परिणत भएकाले आफुहरुलाई सुरक्षित बाँसको लागी सबैले पहल गरिदिन स्थानिय बम बहादुर बोहराले आग्रह गर्नु भएको छ ।
गाउँपालिकाले गाउँपालिकाका बाढी पहिरोले क्षती पुर्याएको ठाउँहरूको स्थलगत अनुगमन गरेको छ । उक्त क्षेत्रको अवलोकन टोलिमा गाउँपालिका अध्यक्ष नर बहादुर बोहरा, ५ वटा वडाका वडा अध्यक्ष, उधोग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेली पत्रकार र प्रहरी समेत रहेका छन् ।

सथै गाउँपालिकाले घरबार विहिनहरुका लागी घर टहरा तथा विस्थापित र उच्च जोखीममा रहेका परिवारलाई राहातको ब्यवस्थाको लागी प्रदेश सरकार संग कुराकानि भैरहेको गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले बताउनुभयो ।
।