सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घट्यो

काठमाडौं ।  हिजो भन्दा आज मौसम अझ खुल्ने मौसमविद्ले बताएका छन् ।

अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि बिस्तारै मौसम खुल्नै जाने माैसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरले मौसम बद्ली गराएर पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज देशभरको मौसम समान्यतया सफा नै हुने बताउनुभयो। काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घटेको छ ।

आज काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो १३ दशमलव ५ डिग्री सेल्सियस थियो ।

यस्तै, आज दिउँसाे उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार ०८:५४