सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा सर्यो एमालेको वडा तथा स्थानीय तह अधिवेशन

बझाङ । नेपाल (एमाले)को १० औँ महाधिवेशन अन्तर्गत बझाङमा वडा अधिवेशन कार्तिक १२ गते र स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने भनिएपनि अधिवेशन मिती सराएको छ ।

कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटिले वडा र स्थानीय तह अधिवेशनको कार्यतालिका सारेको थियो ।

सोहि अनुसार बझाङ जिल्लामा पनि बाढीपहिरोका कारण जयपृथ्वी राजमार्ग तथा अन्य शाखा सडकहरुमा पहिरो गएर सडक अवरुद भएपछी आवतजावत गर्न समस्या भएकाले वडा अधिवेशन र स्थानीय तह अधिवेशनको मिती सराउनुपरेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अफिलाल ओखेडाले बताउनुभयो ।

कात्तिक १२ गते हुने वडा अधिवेशन कार्तिक १४ गते र कार्तिक १५ गते हुने स्थानिय तहको अधिवेशन कार्तिक १६ गते सराएको समेत ओखेडाले बताउनुभयो ।

बझाङमा १० गाउँपालिका, २ नगरपालिका र ९४ वडा रहेका छन् । जिल्लाका सबै वडाहरुमा उत्प्रेरकहरुलाई खटाई सकेकको समेत जानकारी दिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १७:५१