सूचनाको शक्ति - The Power Of Information

        

खेलकुद क्षेत्रको विकासका लागि सबै मिलेर अगाडी बढ्नुपर्ने : मन्त्री अथक

काठमाडौं  । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)लाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन ।

राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोईराला सहितका पदाधिकारी तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका हुन ।

स्वागत समारोहमा बोल्दै मन्त्री अथकले खेलकुद क्षेत्रको विकासकालागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । काम गर्ने समयमा राजनिति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनितिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पारे ।

खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री अथकले खेल क्षेत्रको विकासकालागि ऐन बाधक नहुने दावी समेत गरेका छन ।

साथै नवौं खेलकुद प्रतियोगितालाई समयमै संचालन गर्न आवश्यक तयारी सुरु गरीएको, खेलकुद विश्वविद्यालय संचालनकालागि आवश्यक प्रक्रिया अगाडी बढाईएको र खेल क्षेत्रको विकासकालागि नयाँ तथा पृथक योजनाको खाका कोर्ने काम सुरु गरीएको मन्त्री अथकले बताए।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १७:३६