सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज मेडिकल कलेजको आन्दोलन स्थगित

बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ९ दिनदेखिको जारी आन्दोलन तीन बुँदे सहमतिपछि स्थगित भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित मध्यस्थता समितिका संयोजक भोलानाथ गुरागाइँको अध्यक्षतामा बुधवार अस्पताल व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीचको वार्तापछि जारी आन्दोलन स्थगित भएको हो ।

अस्पतालमा जारी सबै आन्दोलन स्थगित गरेर सेवाहरु नियमित गर्ने, जिल्ला प्रशासनमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकका सहमति कार्यान्वयन गर्ने र अस्पताल प्रशासनले ९ जना कर्मचारीलाई मागेको स्पष्टिकरण खारेज गर्नेलगायतका सहमति भएको छ ।

मध्यस्थता समितिले कर्मचारीका माग र अस्पताल प्रशासनको अडानबारे यर्थाथ अध्ययन गर्नेछ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १७:२२