सूचनाको शक्ति - The Power Of Information

        

आज यी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं ।  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बुधबार दिउँसो पनि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको छ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ। तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार ०८:३६