सूचनाको शक्ति - The Power Of Information

        

महत्वपूर्ण अङ्ग बङ्गाराबिनै जन्मन थाले हात्ती !

सीएनएन । सेतो, चुच्चो बङ्गारा हात्तीको सबैभन्दा विशेष अङ्गमा पर्दछ । यसले हात्तीलाई भारी हाँगाहरु उठाउन, रुख झार्न, च्यात्न, पानी र मिनरल्सका लागि दुलो खन्न अनि लडाईँमा पनि मद्दत पुर्याउँछ । तर मोजाम्बिक गोरोङ्सा राष्ट्रिय निकुञ्जमा बढ्दो रुपमा स्त्री हात्तीहरु यो महत्वपूर्ण अङ्ग, बङ्गाराबिनै जन्मिरहेका छन् ।

वैज्ञानिकहरुले यसलाई देशको १५ वर्षे गृह युद्धका समयमा सो बङ्गाराकै लागि हात्तीलाई क्रुरतापूर्ण रुपमा मारिने गरिएको प्रतिक्रियामा उनीहरु त्यस किसिमकाले विकसित हुन थालेको निष्कर्ष निकालेका छन् । सो निकुञ्जमा काम गरिरहेका हात्ती सम्बन्धी विद्ले १९२२ मा युद्ध अन्त्य भएपछि देखि यो अनौठो प्रवृत्तिबारे थाहा पाएका थिए ।

पार्कको फिल्ड डाटा र पुरानो भिडियो फुटेजको विश्लेषण हेर्दा १९७२ देखि २००० का बीच बिना बङ्गारा जन्मिएका स्त्री हात्तीको सङ्ख्या तीन गुणाले बढेको पाइएको हो । यो त्यो समय पनि हो जसबेला हात्तीको जनङ्ख्या २ हजारबाट घटेर २५० पुगेको रायन लङ बताउँछन् । उनी युनिभर्सिटी अफ इदाहोमा वन्यजन्तु विज्ञानका असोसिएट प्रोफेसर हुन् ।

लङ भन्छन्, ‘युद्धका समयमा गोरोङ्सा लडाईँका लागि मुख्य भौगोलिक केन्द्र बनेको थियो । यसैको नतिजा स्वरुप सो क्षेत्रमा धेरै ठूलो सङ्ख्यामा सेना तैनाथ थिए । र त्यहीबेला हात्तीको बङ्गारा तस्कर गरि बेचेर हातहतियार किन्ने दर अत्याधिक बढेको थियो । यसले शिकारको स्तरलाई अत्यन्तै गम्भीर बनाइदिएको थियो ।’

यसैगरी वैज्ञानिकहरुले बङ्गारा बिना विकसित हुने कुरा किन स्त्री हात्तीमा मात्र भइरहेको छ भन्नेबारे पनि अध्ययन गरि लेख प्रकाशन गरेका छन् । यसमा गरिएको विश्लेषण अनुसार बङ्गारा नभएका स्त्री हात्ती, बङ्गारा भएकाको तुलनामा २८ वर्षको अवधिसम्म जिवित रहने सम्भावना बढी भएको पाइएको छ ।

यसकारण पनि हात्तीहरुको यो रुपान्तरण दुर्लभ नभएर स्वभाविक मानिएको छ । यसमा ती हात्तीहरु प्राकृतिक रुपमै बङ्गारा बिना जन्मन्छन् । र कतिपय अवस्थामा शिकारको समस्या नहुँदा पनि यस्तो भइरहेको हुन सक्छ तर एकदम कम हात्तीहरुमा यस्तो हुन्थ्यो । तर १९७० को दशकमा गोरोङ्साका १८.५ प्रतिशत स्त्री हात्तीहरुमा बङ्गारा थिएन ।

यसको तीन दशकपछि ५१ प्रतिशतको बङ्गारा आयो । तर यस किसिमले एकदमै द्रुत रुपमा जीवको प्रमुख अङ्ग रुपान्तरित हुनुलाई वैज्ञानिकहरुले दुर्लभ घटना बताइरहेका छन् । गोरोङ्गोसामा अहिले हात्तीको सङ्ख्या फेरि वृद्धि भइ ८०० पुगेको लङले बताए । र बङ्गारा नहुनुले स्त्री हात्तीहरुलाई उल्लेखनीय रुपमा कुनै हानि नपुर्याएको देखिन्छ । तर पनि विज्ञहरुले यसबारे अझ विस्तृतमा थप अध्ययन गर्न चाहेको बताइरहेका छन् ।

सबैभन्दा पछिल्लो खोजमा चाहिँ बङ्गारा नभएका स्त्री हात्तीले धेरै मात्रामा घाँस खाने गरेको पत्ता लागेको छ । लङ भन्छन्, ‘हात्तीहरुको जनसङ्ख्या अहिले राम्रो अवस्थामा छ र उनीहरुमा बङ्गारा नहुने पनि थुप्रै छन् । स्पष्ट रुपमा तिनले दाँत बिनाको जीवन अपनाइसकेका छन् । तर अझै हामीलाई धेरै कुरा थाहा छैन ।’

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार ०७:५७