सूचनाको शक्ति - The Power Of Information

        

ठूलो परिमाणको ब्राउन सुगरसहित बाँकेमा एक पक्राउ

बाँके । बाँके प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहा नाकामा चेकजाँचका क्रममा १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगरसहित महादेवस्थान ३ काभ्रेका ३४ वर्षीय मानबहादुर रोका पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

रोकालाई इप्रका जमुनाहाका इन्चार्ज मीनबहादुर विष्ट र लागु औषध व्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो । आलुको झोलाभित्र लुकाइ नेपाल ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका रोकामाथि थप अनुसन्धान भइरहेको पनि बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार १७:५३