एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आन्तरिक दस्तावेज चुहावटको कारण आलोचना भइरहेको समयमा पनि आशा गरिएको भन्दा धेरै मुनाफा आर्जन गरेको छ।
फेसबुकले जुलाईदेखि सेप्टेम्बरको बिचमा ९ अर्ब डलरको मुनाफा गरेकाे हाे । गएको वर्ष यही समयमा फेसबुकको मुनाफा ७.८ अर्ब डरल थियो।
फेसबुककी पूर्व कर्मचारी फ्रान्सिस हाउगनले फेसबुकलाई अनैतिक व्यवहार गरेको आरोप लगाएपछि पनि परिणाम आएको हाे।
फ्रान्सिस हाउगनले फेसबुकका धेरै आन्तरिक दस्तावेजहरु सञ्चारमाध्यममा सार्वजनिक गरेकी थिइन्। उनले फेसबुकले प्रयोगकर्ताको सुरक्षा भन्दा पनि आम्दानीलाई बढी महत्व दिने गरेको आरोप लगाएकी थिइन्।
सार्वजनिक दस्तावेजले फेसबुकले घृणा फैलाउने काम गरेको अमेरिका भन्दा बाहिर यौन तस्करीलाई प्राथमिकता दिने खालमा सामग्रीमा निगरानी राख्न फेसबुक असफल भएको केही सञ्चारमाध्यमले टिप्पणी, व्याख्या गरेका थिए।
सोमबार फेसबुकका संस्थापक मार्क जुकरवर्गले लगानीकर्ताहरुसँगको भेटघाटमा चुहावट भएको दस्तावेजलाई प्रयोग गरेर कम्पनीको गलत छवी प्रस्तुत गर्ने कोशिश गरिएको बताए।
फेसबुकका अनुसार एक वर्षमा फेसबुकको मासिक प्रयोगकर्ताको संख्या ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड भइसकेको छ। यद्यपी एप्पलको गोपनीयता सम्बन्धी नियम लागु भएपछि फेसबुकलाई विज्ञापनबाट आर्जन हुने कमाईमा केही नोक्सानी बेहोर्नुपर्यो।
कम्पनीलाई राम्रो नाफाको बाबजुद पनि आम्दानीमा केही असर परिरहेको छ। आगामी त्रैमासिकमा गोपनीयता सम्बन्धि अपडेटका कारण फेसबुकको डिजिटल व्यवसायमा पनि असर पर्न जाने फेसबुकले जनाएको छ।
।