सूचनाको शक्ति - The Power Of Information

        

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा  रहेको छ ।

मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ।

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ।

देशका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार ०८:३०