सूचनाको शक्ति - The Power Of Information

        

एआइजीको दरबन्दी थप गर्न गृहमन्त्रीको आनाकानी

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्न गृहमन्त्री बालकृष्ण खाँडले आनकानी गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले सहमति दिने बताउँदा पनि गृह मन्त्रालयबाट फाइल अघि बढाउन आनाकानी गरेका हुन्।

नेपाल प्रहरीमा पाँच एआइजीको दरबन्दी आवश्यक रहेको भन्दै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई आग्रह गरेको थियो।

मन्त्रालयका सो आग्रह गरेपछि प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालाई समेत प्रहरी प्रधान कार्यालयबाट आइजीपी शैलेश थापा क्षेत्रीसहितको टोलीले प्रधानमन्त्री देउवा र अर्थमन्त्रीलाई एआइजीको आवश्यकता र औचित्यबारे प्रष्ट पारेपछि मन्त्रालयबाट फाइल अघि बढाउन गृहमन्त्रीलाई निर्दैशन दिए पनि अहिलेसम्म फाइल अघि बढेको छैन।

प्रहरी प्रधानकार्यालयले पाँच एआइजी दरबन्दीका लागि प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरीवेक्षण तथा व्यवस्थापन ९ओएण्डएम० प्रतिवेदन गृह मन्त्रालयमा पठाएको छ। त्यसबारे गृहमन्त्रालय र प्रहरी प्रधानकार्यालयको संयुक्त कार्यदलले सो ‘ओएण्डएम’माथि छलफलसमेत गरी  टुंग्याएको छ।

सबै प्रदेशमा सात एआइजी, प्रहरी प्रधानकार्यालयमा एक, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एक र महानगरीय प्रहरी कार्यालयमा एक गरी १० एआइजी दरबन्दी सिर्जना गरिएको छ। हाल नेपाल प्रहरीमा पाँच एआइजी रहेका छन्।

त्यसैगरी पछिल्लो ओएण्डएमअनुसार नेपाल प्रहरीमा अनुसार ६ जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० र १४ जना प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० को पद थपिनेछन् ।‘

पाँच एआइजी, छ डिआइजी र एसएसपीको पद थप्नेबारे छलफल भइरहेको छ,’ गृहका एक अधिकारीले भने। उनका अनुसार सहमति लिनका लागि अर्थ मन्त्रालयसँग छलफल अघि बढेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार ०८:२६