सूचनाको शक्ति - The Power Of Information

        

कर्तब्य ज्यान मुद्दामा फरार दुईजना पक्राउ

बाँके ।  बाँके प्रहरीले कर्तब्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बाँके जिल्ला अदालतले कैद र जरिवाना तोकिएका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का रिसवान थारु र यज्ञ राना क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

रिसवान र यज्ञलाई जिल्ला अदालतले २०७७ माघ २६ गते जनही एक वर्ष एक दिन कैद र एघार हजार जरिवानाको सजाय सुनाएको थियो ।

त्यसपछि उनीहरु फरार थिए । प्रहरीले दुवै जनालाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार १७:४९