सूचनाको शक्ति - The Power Of Information

        

सर्लाहीका सीडीओ र एसपीले नै तास खेलेपछि…

काठमाडौं । सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकारीको जागिर खोसिएको छ । कार्यालय क्षेत्रमै तास खेलेको भिडियो सार्वजनिक भएपछि उनीहरुको जागिर खोसिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको जिम्मेवारीबाट हटाएको जानकारी दिए । उनका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई प्रजिअको जिम्मेवारी दिइएको छ ।

नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईंलाई जिम्मेवारी दिइएको छ । यस्तै सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई हटाएर एसपी भरत खनियाँलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार १३:५८