सूचनाको शक्ति - The Power Of Information

        

एएफसी यू–२३ एसियन कप छनोट: आज नेपालले इरानको सामना गर्दै

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटमा आज नेपालले पहिलो खेलमा इरानको सामना गर्दै छ।

नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार ४ः४५ बजे सुरु हुनेछ। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल इरान आज आमनेसामने हुदैछन्।

नेपालले यो भन्दा पहिले इरानसँग इरानकै होम ग्राउण्डमा एक खेल खेलेको छ। जसमा इरानले नेपालमाथि ५(० को फराकिलो जित निकालेको थियो।

छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् ।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल कात्तिक १४ गते लेबनानसँग खेल्नेछ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार ०८:३४