सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

सल्यान  । सल्यानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बागचौर नगरपालिकाका १८ वर्षीय आशीष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार विहान सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको जीप कपुरकोट–३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।

दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सिपुरमा भइरहेको छ । घाइतेमध्ये २८ वर्षीया बविता रावललाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट १०० मिटर तल खोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतवार १८:२५