सूचनाको शक्ति - The Power Of Information

        

समिक्षा भन्छिन् पल शाहसँग कुनै अनैतिक सम्बन्ध छैन्

काठमाडाैं । नायक पल शाहसँगको सम्वन्धका विषयमा गायिका समीक्षा अधिकारीले पहिलोपटक मुख खोलेकी छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले आफूहरुबीच कुनै अनैतिक सम्वन्ध नरहेको बताएकी हुन् ।

समीक्षाको भनाइमा पलले उनलाई अभिभावकको हिसाबले माया र संरक्षण गरिरहेका छन् ।

समीक्षाले लखेकी छन्, ‘एउटै इन्डस्ट्रीमा भएको हिसाबले पलजीले मलाई अभिभावकको रुपमा माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ ।

मेरो कला र क्षमतालाई माया र संरक्षण गर्नुहुन्छ र म उहाँको सदैव प्यान पनि हुँ ।’ आफूहरु सँगै काम गरिरहेको तर कुनै प्रकारकोअनैतिक सम्वन्धमा नरहेको उनको भनाइ छ ।

यस विषयमा प्रकाशित समाचारमा आफू दुखी रहेको भन्दै उनले हल्लाको पछि नलाग्न अनुरोध गरेकी छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतवार ०९:४९