काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ७२ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख ७२ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसअनुसार सबैभन्दा धेरै बेलायतमा ४४ हजार ९८५, रुसमा ३७ हजार ६६८, अमेरिकामा २८ हजार ८२४, टर्कीमा २६ हजार २१७, भारतमा १६ हजार ७१ र ब्राजिलमा ११ हजार ७१६ जनामा संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा ३ लाख १४ हजार ४६३ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा ३३ हजार ६५ जना संक्रमणमुक्त भएका हुन्। त्यसैगरी बेलायतमा ३० हजार, टर्कीमा २७ हजार, रुसमा २६ हजार, भारतमा १६ हजार र ब्राजिलमा १० हजार बढी निको भएका छन् ।
गत २४ घण्टामा ५ हजार ८८५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसमा एक हजार ७५, भारतमा ५५९, अमेरिकामा ४८४, ब्राजिलमा ३८५, टर्कीमा २१७ र बेलायतमा १३५ जना रहेका छन् ।
यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ४० लाख ८७ हजार ५२९ पुगेको छ । तीमध्ये २२ करोड ११ लाख ५६ हजार ५३९ जना निको भइसकेका छन् भने ४९ लाख ५८ हजार ९४३ जनाले ज्यान गुमाएका छन् ।
यसअघि शनिवार ४ लाख ५० हजार ९८५ जना संक्रमित थपिँदा ३ लाख ८३ हजार ९२६ जना कोरोनामुक्त भएका थिए भए ७ हजार ६२७ जनाको मृत्यु भएको थियो ।
त्यस्तै शुक्रबार ३ लाख ३४ हजार १५६ जनामा कोरोना पुष्टि हुँदा ४ लाख २८ हजार ३५ जना निको भएका थिए भने ४ हजार ८११ जनाको मृत्यु भएको थियो ।
।