सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि देशभर भिटामिन ‘ए’ खुवाइँदै

फाइल तस्वीर

काठमाडौं । आइतबार र सोमबार देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित रूपमा भिटामिन ‘ए’ खुवाउन लागिएको बताए । उनले ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने बताए ।

परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखा प्रमुख केदार पराजुलीले ६ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने जानकारी दिए । प्रमुख पराजुलीले २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्बेन्डाजोल) खुवाउन लागिएको बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतवार ०७:२८