सूचनाको शक्ति - The Power Of Information

        

५१३ कोरोना संक्रमित थपिए, ८१७ जना डिस्चार्ज

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९७२ जनाको पीसीआर परीक्षणमा ४३८ र १ हजार ९५९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८१७जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १९:२७