सूचनाको शक्ति - The Power Of Information

        

बाढीपहिरो संकट ग्रस्त जिल्ला घोषणा गर्न सरकारसंग अनुरोध गर्ने सर्वदलिय बैठकको निर्णय

बझाङ ।  बझाङ जिल्लामा जिल्ला समन्वय समिती बझाङको सभाहलमा बसेको सर्वदलिय बैठकले बझाङ जिल्लालाई बाढी पहिरो संकट ग्रस्त जिल्ला घोषणा गर्न सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ ।

असोज ३१ गते आइतबार आएको अविरल बर्षाका कारण बझाङ जिल्लामा बाढी पहिरोमा परी १० जना भन्दा बढीको ज्यान गएको, १९ जना बेपत्ता रहेको, ९० भन्दा बढी घरहरु पुर्णरुपमा क्षेती भएको १२७ घर जोखिममा रहेको, ६४७ घरधुरी विस्थापित, ३६४ चौपाया क्षेती, ४० प्रतिशत खेतीयोग्य जमिन नदीखोलाले कटान गरेकोले बझाङ जिल्लालाई शुक्रबार बसेको सर्वदलीय बैठकले बाढीपहिरो संकट ग्रस्त जिल्ला घोषणा गर्न सरकारसंग अनुरोध गर्ने निर्णय गरेको हो ।

उक्त सर्वदलिय बैठकले बझाङ जिल्लाको सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्ग पालिकाहरु जोड्ने शाखा सडक खण्डहरु मर्मत गर्न र पुलपुलेसाहरु बगाएकाले स्थानियतहलाई जनशक्ति र स्रोत साधन परिचालन गरी तत्काल सडक संचालन गर्नको लागी समेत पहल गर्ने, मृतक परिवारलाई राहात र घरबार विहिनलाई बसोवासको ब्यवस्था गर्न संम्वन्धीत निकायलाई अनुरोध गर्ने, बाढी पहिरो पिडितका लागी देश तथा विदेशबाट सहयोग गर्न चाहने ब्यक्ति, संघ, संस्थाहरुको सहजताका लागी जिल्ला प्रशासन कार्यालय बझाङ रहनेगरी राहात कोषको स्थापना गर्ने, बाढी पहिरोमा परी ज्यान गुमाएका थलारा, खप्तडछान्ना गाउँपालिकाका स्थानियहरु प्रर्ति उक्त बैठकले श्रर्दानजली अपर्ण गर्दै ६ वटा निर्णय गरेको हो ।

आज शनिबार जिल्ला समन्वय समितीका प्रमुख खडक खड्काले पत्रकार सम्मेलन गरी उक्त निर्णयहरु सार्वजनिक गर्नु भएको छ ।
जिल्लामा भएको विपतका कारण सृजर्ना भएको दुखत परिस्थितीमा जिल्लास्तरका राजनितिकदल, स्थानियतह, प्रहरी, प्रशासन, मिडियाकर्मीहरु सबैले आ–आफ्नो ठाउँबाट गरेको कामलाई धन्यवाद दिदै, अझै सबैले आ– आफ्नो ठाउँबाट विपदको सामना गर्न सकेको सहयोग गर्नु पर्ने समेत प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १९:२२