सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा रिसका कारण आत्महत्या गर्नेको संख्या बढ्यो

सांकेतिक तस्वीर

बझाङ । बढ्दो आधुनिकतासँगै मानिसमा रिस, राग र तनावसमेत बढेको कारण आत्महत्याको घटनामा वृद्धि भएको छ ।

बझाङमा पछिल्लो समय आएर आत्महत्याको घटनामा वृद्धि भएको हो । जिल्लामा चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा १३ वटा आत्महत्याका घटना भएका छन् ।

जिल्लामा विष सेवन गरी र पानीमा हाम फालेर ५, झुन्डिएर ८ गरी १३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।

प्रहरीले दिएको जानकारी अनुसार ४ महिनाको अवधीमा जिल्ला भरी १३ जनाले आत्महत्या गरेको तथ्याङ्ंक रहेको छ । आत्महत्या गर्नेमा १२ वर्ष देखि ३० वर्ष उमेर समूहका मानिस बढी रहेका छन् ।

आत्महत्याको घटनामा वृद्धि हुनुको कारण प्रेममा असफल, गरिवी, आर्थिक तनाव, घरायसी तनाव, घरेलु हिंसालगायत रहेको डिएसपी खड्काले बताउनुभयो । गत वर्ष पनि एक वर्षको अवधिमा ३५ जनाले आत्महत्या गरेका थिए ।

शुक्रबार र शनिबार मात्रै सेती नदीमा हाम फालेर एक किशोरको मृत्यु भएको छ भने, एक किशोरी बेपत्ता भएकी छन् । गत सालको तथ्याड्ढ हेर्दा अहिले आत्महत्या गर्नेको सख्या बढ्दो क्रममा रहेको समेत जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १९:१७