बाँके । बाँकेमा शनिवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६६ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा ६, र मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा २५ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३६८ पुगेको छ ।
यस्तै शनिवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९८४ पुगेको छ ।
।