काठमाडौं । देशभर लगातार परेको बेमौसमी वर्षका कारण आएको बाढीले लुम्बिनी प्रदेशमा चार अर्ब ५१ करोड रुपैयाँ बराबरको धानबाली नष्ट पारेको छ ।
भित्र्याउन तयारी अवस्थामा रहेको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा करिब ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी पस्दा उक्त रकम बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।
बेमौसमी वर्षासँगै आएको बाढीले लुम्बिनीसँगै प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा लगाइएको धानबालीमा समेत ठुलो क्षति गरेको छ । बाढीले धानबाली नष्ट गरेपछि चालू आर्थिक वर्षमा विदेशबाट हुने धानको आयात बढ्ने अनुमान गरिएको छ ।
।