सूचनाको शक्ति - The Power Of Information

        

आज देशभर मौसम बदली, चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषिसँग सम्बन्धित काम गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको हुने जनाएको छ । राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार ०८:०८