बझाङ । बझाङमा हवाइ सेवा बन्द गर्न नेकपा एकीकृत समाजवादी बझाङका एकजना नेताहरुले आग्रह गरेका छन् ।
बझाङ जिल्लामा केहि महिना देखी सेवा दिदै आएको समिट एयरलाइन्सले आफुहरु तथा आफ्ना पार्टीका मान्छेहरुलाई चढ्न सिन्डिकेट लगाएको भन्दै बझाङ जिल्लामा बाढी पहिरोले पु¥याएको क्षति बारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा संग बझाङ आउनुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसंग कानेखुसी गर्दै बझाङमा समिट एयरलाइन्स बन्द गर्न आग्रह गरेका छन् ।
मन्त्री आलेसंग हिडिरहेका बेला नेताले उक्त कुरा राखेका थिए । मन्त्री आलेले पनी आफुले त्यो विषयमा बुझेर कुरा गर्ने बताउनुभएको छ ।
यता बाढी पहिरो पिडतको बारेमा कुरा राख्नुको सट्टा उक्त कुरा राखेको कुरा पत्रकारले थाहा पाएपछी बाढीपिडीतहरु आक्रोसित भएका छन् ।
।