काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४१ लाख ४२ हजार ४४१ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ८२ हजार ५४८ जना सक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन २३२ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५३ हजार ७६ पुगेको छ ।
।