बाँके । बाँकेको जानकी गाउँपालिकाको ११ औं विशेष गाउँ सभा आज सम्पन्न भएको छ ।
स्वास्थ, शिक्षा, कृषि र पूर्वाधार जानकीको विकाशको मूल आधार भन्ने नाराका साथ गाउँपालिकाको कार्यलय खजुरा खुद्रमा आज सम्पन्न सभाबाट विभिन्न ५ वटा निर्णयहरु गरिएको छ ।
जसअन्तर्गत गाउँपालिकाले शिक्षा ऐन २०७७ पहिलो संशोधन पारित, स्वास्थ तथा सरसफाई ऐन २०७८, रोजगार शाखाको कार्यक्रम लगायत पारित गरेको छ ।
त्यसैगरी, गाउँपालिका स्तरिय तथा वडा स्तरिय बजेट तथा कार्यक्रम आर्थिक वर्ष २०७८र७९ को बजेट तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, लेखा अधिकृत मतिन अन्सारी लगायतले विभिन्न ऐन संशोधन प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावमाथि आजको विशेष सभामा छलफल भई पारित गर्ने निर्णय गरिएको हो ।
।