सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको डुडुवामा व्यक्तिगत घटना दर्ताको दोस्रो चरणको अभियान शुरु

बाँके । बाँके डुडुवा गाउँपालिकाले अनलाईन व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरणको दोस्रो चरणको अभियान शुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको वडानं.२ सन्तलिया गाउँका पाटनदिन बर्माको छोरीको जन्मदर्ता प्रमाणपत्रको विवरण संकलन फारम प्रदान गर्दै अभियानको शुभारम्भ गरेका हुन ।

अभियानको सुरुवात गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट बञ्चित नहुन भनेर घरघर मै सेवा पुरयाउने लक्ष्य अनुसार घरदैलो अभियानमार्फत घटना दर्ताको विवरण संकलन शुरु गरिएको बताए ।

घरदैलौ अभियानमार्फत विवरण संकलन गरेर अनलाइनमा दर्ता गरि पुनः प्रमाणपत्र बनाएर घर घरमा पुगेर वितरण शुरु गरिने गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख एमआइएस अपरेटर कौशल कुमार कैरातीले जानकारी दिए ।

गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट वञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घर घरमा पुगेर घटना दर्ताको विवरण संकलन गरि गर्न थालिएको हो ।

नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत डुडुवा गाउँपालिकाद्धारा व्यक्तीगत घटना दर्ताको दोस्रो चरणको अभियान शुरु गरिएको हो ।

गाउँपालिकाको वडा नं. १ देखि ६ सम्म घरदैलो अभियान अन्र्तगत विवरण संकलनका लागि वडा सचिवसहितको करिब २७ जना जनशक्ति परिचालन गरि गरिएको छ ।

घटना दर्ता अन्र्तगत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराइ लगायतका अनलाइन घटना दर्ताका लागि विवरण संकलन गर्ने घटना दर्ताका फोकल पर्सन वडासचिव शिवकुमार मौर्यले जानकारी दिए ।

उनले विवरण संकलन गर्ने टोलीले नागरिकता नलिएका नागरिकहरुको अनुसुची फारम भर्ने, फोटो खिच्ने कार्य पनि गर्ने बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १७:४६