सूचनाको शक्ति - The Power Of Information

        

विपद्

बाढीपहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघ्यो, ३० जना बेपत्ता

फाइल तस्वीर

काठमाडौं । गएको चार दिनमा बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघेको छ । अहिलेसम्मको तथ्याङ्कले ९१ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयकाअनुसार पाँचथरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ ।

यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा ७, बझाङमा ८, हुम्लामा ६, बैतडीमा ४ तथा सुनसरी र उदयपुरमा दुई जनाको ज्यान गएको छ । प्युठान, सोलुखुम्बु, मोरङ, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको छ । बाढी पहिरोमा अझै ३० जना बेपत्ता छन्। ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताइन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १३:०२