सूचनाको शक्ति - The Power Of Information

        

माओवादीले दियो ३४ विभागलाई पूर्णता (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका विभिन्न विभागलाई पूर्णता दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठानलाई पूर्णता दिएको हो ।

वर्षमान पुनलाई अर्थ तथा योजना विभागको जिम्मेवारी दिइएको छ भने नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागको जिम्मेवारी तोकेको छ । कृष्णबहादुर महरालाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिइएको छ भने हरिबोल गजुरेललाई कृषि तथा भूमिसुधार विभागको जिम्मेवारी दिइएको छ ।

१. अर्थ तथा योजना विभाग – वर्षमान पुन
२. संगठन विभाग – जनार्दन शर्मा
३. विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ
४. प्रचार तथा प्रकाशन विभाग – कृष्णबहादुर महरा
५. विपद् व्यवस्थापन विभाग – सूर्य सुवेदी
६. उद्योग मामिला विभाग – वामदेव क्षेत्री
७. कृषि तथा भूमिसुधार विभाग – हरिबोल गजुरेल
८. उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव
९. कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय
१०. खानेपानी विभाग – विना मगर
११. जलस्रोत तथा ऊर्जा – लिलामणि पोखरेल
१२. निर्वाचन विभाग – खिमलाल देवकोटा
१३. कानुन विभाग – मुक्ति प्रधान
१४. पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी
१५. प्रादेशिक मामिला विभाग – पर्शुराम तामाङ
१६. पार्टी स्कुल विभाग – गिरिराजमणि पोखरेल
१७. पुस्तकालय तथा अभिलेख – नारायणप्रसाद शर्मा
१८. भौतिक पूर्वाधार विभाग – हरि अधिकारी
१९. युवा तथा खेलकुद विभाग – गणेशमान पुन
२०. राजकीय मामिला विभाग – रेखा शर्मा
२१. राष्ट्रिय सुरक्षा विभाग – कृष्णबहादुर महरा
२२. वन तथा वातावरण – शक्ति बस्नेत
२३. विज्ञान तथा प्रविधि विभाग – गणेश साह
२४. शिक्षा तथा मानवस्रोत विभाग – मायाप्रसाद शर्मा
२५. श्रम तथा रोजगार विभाग – रामेश्वर राय यादव
२६. संघीय संसदीय विभाग – देव गुरुङ
२७. समाज कल्याण विभाग – सत्या पहाडी
२८. सहकारी तथा गरिबी विभाग – धर्मदत्त देवकोटा
२९. सहरी विकास विभाग – देवेन्द्र पौडेल
३०. सामान्य प्रशासन विभाग – टेकबहादुर बस्नेत
३१. साहित्य तथा कला विभाग – गोपाल ठाकुर
३२. स्थानीय तह विभाग – उर्मिला अर्याल
३३. स्वास्थ्य तथा जनसंख्या विभाग – कल्पना धमला
३४. नीति अध्ययन प्रतिष्ठान – रामचन्द्र झा

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १२:२४