सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री देउवा बाढीपहिरोको क्षति निरीक्षण गर्न सुदूरपश्चिम जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिमका जिल्लाहरुमा बाढीपहिरोले पुर्‍याएको क्षति निरीक्षणका लागि त्यसतर्फ जाने भएका छन्।

बिहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत सुर्खेत हुँदै प्रधानमन्त्री देउवाको टोली उड्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर हुने बताइएङ्को छ।

सुर्खेतबाट हेलिकप्टरबाट डोटी, बझाङ, डडेल्धुरा कञ्चनपुर हुँदै धनगढी बसाइँ हुने कार्यतालिका रहेको सचिवालयबाट जानकारी दिएको छ। प्रधानमन्त्री देउवा भोलिमात्र काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा २८ जनाको मृत्यु भइसकेको छ भने कैयन् धानबालीमा क्षति पुगेको छ। बाढीका कारण केही मानिसहरु अझै बेपत्ता रहेका छन्।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार ०८:०३