सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट बाँकेमा थप एक जनाको मृत्यु

बाँके । बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका–१० बाँकेका ३६ वर्षीय परुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

असोज २४ गते कोभिड संक्रमण पुष्टि भएपछि उनी सोहीदिन थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार नआउँदा उनको बुधवार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेका ३३७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार १७:२१