सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली नदी छेउका ७९ परिवारलाई सुरक्षित स्थानमा सारियो

सुर्खेत । निरन्तरको वर्षाका कारण कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका नदी छेउका बस्तीका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –४ झालाका ५४ घरधुरी संख्या रहेको बस्तीका ११ घरधुरीका ७९ जना परिवारहरुलाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरुलाई बस्ने व्यवस्था स्थानीय पालिकाले गरेको र प्रहरी टोली त्यहाँ खटिएको बताइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठका अनुसार तिला कर्णाली नदीमा १७४ भेडा  बाख्रा बेपत्ता भएका छन् ।

मंगलबार बेलुका ६ः३० बजेको समयमा कालिकोट तिलागुफा नगरपालिका –९ स्थित तिला कार्णाली नदीको तिर नजिकै लुब्रे भन्ने स्थानमा रहेको भेडी गोठमा रहेका ९ घर परिवारका १७४ भेडा बाख्रा तिला कार्णाली नदीको बहाव बढी  बगाएको हो  ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार ०८:३०